सप्तरीकाे कञ्चनरुपस्थित महादेवपट्टीमा एक नवजात शिशु मृत अवस्थामा फेला
मिति: २०२५-०५-२६ , समय : १९:०८:१० , गामघर डेस्क
मिति: २०२५-०५-२६ , समय : १९:०८:१० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीकाे कञ्चनरुप नगरपालिका वडा न.२ स्थित महादेवपट्टीमा सोमबार एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ ।
सप्तरीको कञ्चनरुप नगरपालिका वडा न.२ स्थित महादेवपट्टीमा नवजात छोरी शिशु मृत अवस्थामा फेला परेको हो ।
बाटो छेउको खेतमा कपडाले बेरेर फालिएको अवस्थामा शिशुको शव भेटिएको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपि माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । शिशुको शव २/३ दिनअघि नै फालिएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
यता फेला परेको शवलाई पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाइएको डिएसपि काफ्लेले बताउनुभयो । यता साे सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२६ , समय : १९:०८:१० , 3 weeks अगाडि