सप्तरीकाे मौवाहाबाट बच्चा चोर्ने बथनाहाका टेङ्गा बाबा पक्राउ
मिति: २०२५-०५-२७ , समय : ११:१३:२५ , गामघर डेस्क
मिति: २०२५-०५-२७ , समय : ११:१३:२५ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा न.३ मौवाहाबाट सोमबार भारतको विहार राज्य स्थित अररिया जिल्लाको बथनाहाका ३१ वर्षीय टेङ्गा राम (बाबा) पक्राउ परेका हुन।
स्थानीय भैरव मण्डलको घरमा पुगेर उनका ४ वर्षीय छोरा रियान्स मण्डललाई कुरकुरे खान दिने भन्दै फकाउँदै गरेका बेला शंका लागेर गाउँलेले प्रहरीलाई खबर गरेका थिए।
प्रहरी चौकी बेल्हीबाट खटिएको प्रहरी टोलीले रामलाई पक्राउ गरेर अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कडरबोनामा बुझाएको छ।
हात हेर्ने भन्दै धान–चामल माग्दै हिड्ने गरेका रामको विषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०५-२७ , समय : ११:१३:२५ , 3 weeks अगाडि