बम विस्फोटमा मुख्य योजनाकार अफताब आलम उच्च अदालतकाे सफाइपछि रिहा

मिति: २०२५-०५-२८ , समय : २०:४७:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले नेपाली कांग्रेसका नेता माेहम्मद अफताब आलमसहित चार जनालाई सफाइ दिएकाे छ ।

न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले जिल्ला अदालत राैतहटकाे फैसला उल्ट्याउँदै आज कांग्रेस नेता आलमसहित, उनका भाइ माेहम्मद महताब आलम, शेख सराज र बद्री सहनीलाई सफाइ दिएकाे हाे ।

आलममाथि २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा मुख्य योजनाकार रहेको आरोप लागेको थियाे । याे घटनामा जिल्ला अदालत राैतहटले आलमसहित चार जनालाई २०८१ साल वैशाखमा जन्मकैदकाे फैसला सुनाएकाे थियाे ।

प्रकाशित मिति: २०२५-०५-२८ , समय : २०:४७:१९ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित