झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने महमद साबिर पक्राउ

मिति: २०२५-०५-२९ , समय : ११:४८:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

विराटनगर । कोशी प्रदेशमा झारफुक गर्ने बहानामा बाल यौन दुर्व्यवहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको बिराटनगर महानगरपालिका वडा नम्बर ६ बस्ने ३५ वर्षिय महमद साबिर रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले मंगलबार उनलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं सुचना अधिकारी प्रहरी नायव उपरक्षिक (डीएसपी) वेद प्रकाश जोशीले बताए ।
प्रहरीका अनुसार रातिको समयमा उपचार गराउँदा निको हुने भनि आफ्नो घरमा बोलाई उपचारको बहानामा पीडितलाई यौन दुर्व्यवहार गर्ने गरेका थिए । पीडित बालिका वडा नम्बर ६ रामपुर स्थित एक घरमा दिदिसँगै भाडामा बस्दै आएकी थिइन् ।

प्रकाशित मिति: २०२५-०५-२९ , समय : ११:४८:१३ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित