मधेस प्रदेश : ८ वर्षीया बालिकालाई जबरजस्तीकरणी, सात जना पक्राउ

मिति: २०२५-०५-३१ , समय : ०८:३२:३१ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

काठमाडौं । मधेस प्रदेशको बारामा ८ वर्षीया बालिकामाथी जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराले प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी ८ वर्षीया बालिकाको जबरजस्ती करणी आरोपमा सात जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुको नाम हालको लागि गोप्य राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिए ।

उनीहरुलाई नियन्त्रणमा लिई बारा जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा पाँच दिनको म्याद थप गरि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक पण्डितले बताएका छन ।

गत जेठ १४ गते बुधबार राती जबरजस्ती करणीमा परेकी ती बालिकाको वीरगन्ज एक अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति: २०२५-०५-३१ , समय : ०८:३२:३१ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित