सप्तरीमा जंगली हात्तीको आतंक : हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु
मिति: २०२५-०५-३१ , समय : ०८:५१:३९ , गामघर डेस्क
मिति: २०२५-०५-३१ , समय : ०८:५१:३९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीमा पछिल्लोपटक जंगली हात्तीको आतंक बढेको छ । साेहि क्रममा हात्तीको आक्रमणबाट सप्तरीकाे कञ्चनरूप नगरपालिका वडा न.१२ धरमपुरमा आज बिहान जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ।
मृत्यु हुनेमा स्थानीय ६६ वर्षीय केदार बिष्ट रहेकाे छ । उनकाे आफ्नै मकैबारीमा मकै कुरिरहेका बेला हात्तीले आक्रमण गरेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो।
हात्तीको आक्रमणबाट बिष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
डीएसपी काफ्लेका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ भन्नुभयाे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रकाशित मिति: २०२५-०५-३१ , समय : ०८:५१:३९ , 3 weeks अगाडि