मधेस प्रदेशको विभिन्न सिमावर्ति नाकाबाट प्रहरीकै मिलाेमताेमा खुलेआम तस्करी …

भारतीय व्यापारी अरबिन्दलाई मुख्य लाइन , गोरखकाली नाकाबाट समेत तस्करी

मिति: २०२५-०५-३१ , समय : १७:१८:४८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । मधेस प्रदेशको बाराको पथलवाघाट नाकाबाट केही दिन यता व्यापक तस्करी चलिरहेको छ । केही दिन यता यो नाका तस्करहरूलाई खुला गरिएसंगै यहाँबाट ठूलो मात्रामा तस्करीको काम चलिरहेको छ । भारतको घोडासन , अगर्वाबाट तस्करहरूले पथलवाघाट , पिपरपाती , मौवाई हुदै तस्करी गरेको सामान सिम्रौनगढ।र कोल्वी सम्म पुर्याउने गरेका छन् ।
यो नाकाबाट सुखा , किराना सामान , कस्मेटिक सामान , कपडा , मल एवं मलको बोरामा चिनी भरेर व्यापक मात्रामा तस्करीको काम चलिरहेको छ। यो नाकाबाट तस्करीको लाइन पाउने प्रमुख कारोबारी भारतीय नागरिक अरबिन्द साह हुन् । देखावटी रूपमा उनको पसल नेपाल तर्फ सिम्रौनगढको नरवासमा रहेको छ । तस्करी गरेर ल्याएको कस्मेटिक सामान आफ्नो पसल र गोदाममा राख्ने गरेका छन् भने सुखा र कपडा कोल्वी , वरियारपुर र गंजभवानीपुर सम्म पुर्याएर पसल पसलमा बिक्री गर्ने गरेका छन् । अरबिन्दको यो तस्करी समूहमा भोला , राजु , सन्दिप , उपेन्द्र समेत छन् । यी कारोबारीहरू तस्करीको लाइन पाउने अरबिन्द साहका साझेदारहरू हुन् । यो समूहले एक दर्जन जति मोटरसाइकलको प्रयोग गरेर यी सामानहरूको तस्करी गराउंदै आएका छन् । दैनिक लाखौं रूपैयाँ राजश्व छलि गरेर यो नाकाबाट व्यापक तस्करी भैरहेको छ ।
अझै अचम्मको कुरा त के छ भने यो समूह र अन्यले ले चिनीको पनि ठूलो तस्करी धन्दा गरेका छन् । सरकारले किसानलाई रासायनिक मल उपलब्ध गराउन नसकेपछि भारतबाट साइकलमा एक , दुई बोरा ल्याउन सहज गरिदिएको छ । यही सहज गरिदिएको कारण देखाउंदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संरक्षणमा यहाँबाट मलको पनि ठूलो तस्करी चलिरहेको छ । तस्करहरूले मलको बोरा भन्दै स्थानीय दुबै प्रहरीलाई मिलाएर चिनीको ठूलो तस्करी गरिरहेका छन् । यसरी तस्करी गरेर भित्रिएको चिनी नेपाल ल्याई घरमा जम्मा गरेर पछि पिकअप गाडीमा पसल पसलमा दिने काम हुदै आएको छ । चिनीको तस्करीबाट पनि दैनिक लाखौं राजश्व सरकारले गुमाई रहेको छ । अरबिन्दका अलावा सिम्रौनगढका कारोबारी भोला साहले पनि तस्करीको लाइन पाएका छन् । केही दिन अघिसम्म भारतमा लुक्दै आएका भोला साह अहिले नेपाल फर्केर कपडाको तस्करी गरिरहेका छन् । उनलाई अझै पनि जिल्ला प्रहरी कार्यालय बाराले खोजिरहेको बताइन्छ ।
तस्करीको यो नाका र रूटमा नेपाल प्रहरीको पथलवाघाट चौकी रहेको छ । यहाँ जानको लागि टेण्डर हालेर जाने चलन नयाँ होइन । कहिले हवल्दार त कहिले असईले यहाँ जानका लागि टेण्डर हाल्ने गर्दछन् । अहिले यो चौकीमा असई रबि यादव प्रमुखको रूपमा कार्यरत छन् । त्यसैगरी सशस्त्र प्रहरी बलको त डिएसपी प्रमुख रहने प्रस्तावित गुल्म र बिओपी नै रहेका छन् । पिपरपाती स्थित प्रस्तावित गुल्ममा डिएसपी राजनलाल श्रेष्ठ प्रमुख छन् । यसबाहेक गोलागंजमा सशस्त्र प्रहरीको बिओपी नै रहेको छ । यो बिओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक ईश्वर कार्की रहेका छन् । गुल्म र बिओपीको मातहत रहेको पथलवाघाटबाट यति ठूलो तस्करी धन्दा चलिरहेको बेला सशस्त्र प्रहरी मौन मात्रै होइन तस्करीलाई।संरक्षण गरिरहेको आरोप यहाँ लाग्दै आएको छ । गुल्मका डिएसपी राजनलाल श्रेष्ठले तस्कर तथा व्यापारीहरूलाई भेटघाट र आर्थिक संकलनका लागि सहायक हवल्दार गोबिन्द्र चौधरीलाई घुमुवाको रूपमा परिचालन गरिरहेका छन् । तिनै घुमुवा चौधरीले डिएसपी श्रेष्ठको आर्थिक कारोबार हेर्ने गरिरहेको यहाँ तस्करी गर्ने कारोबारीहरू नै बताउँछन् । गोलागंजका सशस्त्र प्रहरी निरीक्षक कार्कीले भने कारोबारीहरूलाई आंफै भेट्ने गरेको पनि व्यापारीहरू बताउँछन् । जबकि राज्यले सीमा सुरक्षा र चोरी तस्करीको नियन्त्रणको जिम्मेवारी सशस्त्र प्रहरी बललाई दिएको छ। तर सीमामा खटिएका सशस्त्र प्रहरी भने तस्करहरूसंग मिलेर खुलेयाम तस्करी गराई रहेका छन् । सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सीमामा खटिने गुल्म र बिओपीका प्रमुख तस्करसँग मिलेर तस्करी गराएको धेरै प्रमाणहरू भेटिएपछि एक बर्षे कार्यकाल घटाएर ६ महिने बनाएका छन् । तर पनि तस्करीमा सशस्त्र प्रहरीको संरक्षण घटेको होइन बढेको नै छ।
पथलवाघाटबाट नेपाल तर्फबाट लागूऔषध गांजाको पनि ठूलो तस्करी भारत तर्फ हुदै आएको स्थानीय बताउँछन् । यस्तै मधेस प्रदेशको सर्लाही जिल्ला को गोरखकाली नाका तस्करहरूको लागि खुला गरिएको छ। सर्लाहीको मुख्य तस्करी हुने नाका मध्ये गोरखकाली प्रमुख हो । गोरखकाली स्थित प्रहरी चौकीमा जानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई टेण्डर हालेर जाने प्रचलन यहाँ धेरै बर्ष देखि चल्दै आएको छ । त्यसैले पनि टेण्डर हालेर गएपछि त्यही अनुसार उठाउन त पर्याे नै । उठाउनको लागि तस्करी गराउनु नै पर्याे । त्यही भएर पनि यो नाकाबाट अहिले व्यापक तस्करी भैरहेको छ ।
यस नाकाबाट मुख्य गरेर तस्करीको लाइन पाउनेहरूमा जयकिशोर यादव ( हार्डवेयर र बिद्धुतिय सामान ) , विजय साह ( सूर्ति , कपडा , बिद्धुतिय सामान ) , जयकिशोर यादव ( कपडा , स्याउ , मकै , धान ) , उमेश पटेल ( कपडा , स्याउ , मकै , कस्मेटिक ) , तीन बहिनी ( टेम्पोमा कपडा ) , उर्मिला ( किराना ) काली ( किराना ) प्रमुख छन् । यसबाहेक यस चौकी मातहत ९ वटा अबैध मदिरा भट्टीहरू समेत रहेका छन् । यी अबैध भट्टीहरूबाट उत्पादित मदिरा भारत तर्फ तस्करी हुदै आएको छ । अबैध भट्टी संचालन गर्न सहयोग गरेवापत एउटा भट्टीले जिल्लाका घुमुवा बाहेक स्थानीय प्रहरीलाई मासिक २५ हजारको दरले रकम दिने गरेको समेत भट्टी चलाउनेहरू खुलेयाम नै बताउँछन् । साथै यहाँका प्रतीक र साहारा नामका होटलमा भारतीयहरू मदिरा सेवनका लागि आउने गर्दछन् । बिहान देखि राति अबेर सम्म मात्रै होइन मध्य रात सम्म मात्रै नभएर कहिलेकाही त रातभर नै होटलमा भारतीय ग्राहकले मदिरा सेवन गरेर बसिरहेको देख्न सकिन्छ । त्यसरी छुट दिएवापत होटलले प्रहरीलाई महिनावारी राम्रो रकम दिने गरेको समेत होटलका कर्मचारीहरू बताउँछन् । यी होटल डिस्को क्लव जस्तो पनि अनुभूति हुन्छ कहिलेकाही त ।
अहिले यो गोरखकाली चौकीमा बरिष्ठ सई रामबालक यादव प्रमुख छन् । केही बर्ष पहिले सम्म हवल्दार बस्ने यो चौकीमा अहिले बरिष्ठ सई प्रमुख छन् । बरिष्ठ सई रामबालक यादवको दरबन्दी सर्लाही पनि होइन । उनको दरबन्दी धनुषाको ढल्के स्थित दंगा नियन्त्रण प्रहरी गण हो । यसभन्दा अगाडि बाराका राम्रो इप्रका र थाना चौकी बसिरहेका उनी बारामा धेरै बदनाम समेत भएका थिए । पर्सामा कार्यरत रहदा पनि उनी धेरै बदनाम र बिबादित भएका थिए । दंगाबाट थप मद्दतमा सर्लाहीको हरिवन आएका उनी त्यसपछि इप्रका हरकटवाको प्रमुख भए । त्याहां जाने बित्तिकै एक दिनमा ३५ हजार घुष खाएको काण्डमा जिल्ला प्रहरी कार्यालय तानिए । त्यसपछि उनी फेरि इप्रका गडैया डुमरिया गए । त्याहांको प्रहरी निरीक्षक अनिवार्य अवकाशमा गएपछि झण्डै ६ महिना उनी निमित्त प्रमुख पनि भए । त्यसपछि अर्को तस्करीको नाका भनेर चिनिने संग्रामपुर पनि उनी प्रमुख भए । यसपछि झण्डै ७ महिना जिल्लामा सुवेदार मेजर बनेका यादव गोरखकाली चौकी गएका हुन् ।
एकातर्फ उनले सई भए देखि कार्यरत भएको पोष्टिङ हेर्ने हो भने वारा , पर्सा देखि सर्लाही सम्मका राम्रो र अतिरिक्त कमाई हुने थाना चौकी र इप्रका छोडेका छैनन् भने अर्कोतिर उनको दरबन्दी दंगा गण हो । हेडक्वाटरले अहिले पनि दरबन्दीमा पठाउने भनेर देशभर परिपत्र गरेको छ। तर उनको रमाना अझै भएको छैन । किन ? नव जनप्रहारबाट

प्रकाशित मिति: २०२५-०५-३१ , समय : १७:१८:४८ , 3 weeks अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित