सप्तरीको राजविराज भन्सार कार्यालय प्रमुखकाे त्रिपाल भित्रकाे कालाे कर्तुत सार्वजनिक
मिति: २०२५-०६-०१ , समय : ०६:००:०८ , नविन निर्भय यादव
मिति: २०२५-०६-०१ , समय : ०६:००:०८ , नविन निर्भय यादव
नविन निर्भय यादव
राजविराज ।
राजविराज भन्सार कार्यालयका प्रमुख अधिकृत सत्यनारायण सिंहकाे त्रिपाल भित्र कालाे कर्तुतकाे भिडियो सार्वजनिक भएकाे छ ।
स्थानीय मनोज मण्डलका अनुसार शुक्रबार साँझ ४ बजे बा १ झ १३४३ नम्बरको टोयोटा कम्पनीको सरकारी गाडीमा निलामी प्रक्रियामा परेको मोटरसाइकल, अन्य सामग्री तथा बोरा भरिएका वस्तुहरू लोड गरी त्रिपालले ढाकेर अधिकृत सिंहले आफ्नै घर लगिएकाे बताए ।
मंडलका अनुसार राजविराज भन्सार कार्यालयले २०८१ सालको चैत्र २८ गते २१ दिने सूचना जारी गरी सवारी साधन लिलामीको घोषणा गरेको थियो। तर, बोलपत्र पेश गर्न गएका नागरिकलाई खाली नरहेको भन्दै फिर्ता गर्ने काम गरिन्थ्यो। यसले निजी स्वार्थमा प्रक्रियालाई प्रभावित पारिएको आशंका गरिएको छ।
सिंहले आफ्नै जिल्लाका नातेदारको नाममा राम्रो गाडी पारेर अन्यलाई प्रक्रियाबाट बञ्चित गरेकाे छ। यस्तै,भन्सार कार्यालयमा जफत गरिएका सामग्री कर्मचारीहरूले मिलेर बाँडफाँट गरेर आफ्नै घर लैजाने कार्य गर्दै आएको एक कर्मचारीले नाम उल्लेख नगर्ने सर्तमा बताएका छन्।
यता साे घटनाबारे प्रतिक्रिया लिन खोज्दा भन्सार कार्यालय प्रमुख अधिकृत सत्यनारायण सिंह तथा सूचना अधिकारी विजय साह सँग सम्पर्क गर्न खोज्दा उहाहरुकाे फोन उठेन ।
प्रकाशित मिति: २०२५-०६-०१ , समय : ०६:००:०८ , 2 weeks अगाडि