मधेस प्रदेश : स्रोत नखुलेको १२ लाख रुपैयाँसहित तीन जना पक्राउ
मिति: २०२५-०६-०२ , समय : २०:३७:३२ , गामघर डेस्क
मिति: २०२५-०६-०२ , समय : २०:३७:३२ , गामघर डेस्क
गामघर डेस्क
वीरगञ्ज । मधेस प्रदेशको पर्सा प्रहरीले स्रोत नखुलेको रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिकाको परवानीपुरबाट पर्सा प्रहरीले एक भारतीयसहित तीन जनालाई पक्राउ गरेको हो । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार विशेष सूचनाको आधारमा प्रहरीले चलाएको ‘अप्रेसन’बाट तीनै जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार उक्त रकम हुण्डी कारोबारीको हो ।
सोधपुछ गर्दा आवश्यक कागजात नभेटिएपछि तीनै जनालाई पक्राउ गरेर जिल्ला प्रहरीको हिरासतमा ल्याइएको पर्सा प्रहरीले जनाएको छ । को–को हुण्डी कारोबारमा संलग्न छन् भन्नेबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम प्रहरीले गोप्य राखेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२५-०६-०२ , समय : २०:३७:३२ , 2 weeks अगाडि