फलाेअप : सप्तरीमा लुटपाटसँगै हत्या घटनामा ‘जंगे’ परिचालन , हत्याको आरोपमा एक जना पक्राउ
मिति: २०२५-०६-०६ , समय : १२:४५:२० , गामघर डेस्क
मिति: २०२५-०६-०६ , समय : १२:४५:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको सुरुङा नगरपालिका वडा न.८ मल्हनमा टोलमा बिहीबार राति लुटेराको समूहले लुटपाट गरी एक जनाको हत्या गरेको घटनामा जंगे (तालिम प्राप्त कुकुर)को सहायताले सूक्ष्म अनुसन्धान अघि बढाइएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मगाइएको जंगेको सहायताले घटनाको सूक्ष्म अनुसन्धान अघि बढाएको हो ।
लुटपाट र हत्या घटनाको सूक्ष्म अनुसन्धानका लागि जंगे मगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले बताउनुभयो। ‘घटनास्थलबाट तीन राउन्ड गोली र एउटा खोखा पनि बरामद भएको छ, तथा ‘शंकास्पद एक जनालाई नियन्त्रणमा लिएका छौं भने थप अनुसन्धान भइरहेको एसपी खतिवडाले जानकारी दिनुभयो ।
राति करिब १२ बजेतिर टोलमा लुटपाट भइरहँदा प्रतिकार गरेका स्थानीय ५० वर्षीय कान्तलाल चौधरीमाथि लुटेराले गोली प्रहार गरेका थिए । गोली लागेर चौधरीको राति नै मृत्यु भइसकेको छ भने धारिलो हतियारबाट गम्भीर घाइते भएका उनका भाइ ४० वर्षीय रामाकान्त चौधरीको सिरहाको लहानस्थित अस्पतालमा उपचार भइरहेको छ ।
यता लुटेराले ५०/६० हजार नगद, ५ तोला सुन, २ किलो चाँदीसहितका सरसमान लुटेर लगेको सप्तरीका एसपी खतिवडाले जानकारी दिनुभयो । उक्त घटनाले अहिले मल्हनमा गाउँ पुरे शाेकमा डुबेको छ ।
प्रकाशित मिति: २०२५-०६-०६ , समय : १२:४५:२० , 2 weeks अगाडि