सप्तकोसी नदीमा बेपत्ता भएका डोटीका सुरज अझै फेला परेन

मिति: २०२५-०६-०८ , समय : ०९:१७:४९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका एक जनाको खोजी जारी छ ।नदीमा बेपत्ता सशस्त्र प्रहरी बलका दुईमध्ये एकजनाको शव फेला परिसकेको छ ।
बेपत्ता भएका दन्तकाली विशेष कार्यतालिम शिक्षालय सप्तरीमा कार्यरत हरेदेव राजवंशीको शव शुक्रबार सप्तकोसी किनारमा फेला परेको थियो ।डोटीका सुरज साउद अझै बेपत्ता रहेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापनको टोली परिचालन गरी साउदको खोजीकार्य जारी रहेको छ ।

प्रकाशित मिति: २०२५-०६-०८ , समय : ०९:१७:४९ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित