कोशी प्रदेश : मोटरसाइकल दुर्घटनामा सशस्त्रका सईको मृत्यु

मिति: २०२५-०६-०८ , समय : ०९:२४:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने कोशी प्रदेशको झापाको कमल गाउँपालिका–३ सानो केर्खामा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इलाम सशस्त्र प्रहरी प्रहरी बल नेपाल ९बीओपी०मा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशी रहेका छन् ।पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोडबाट केर्खातर्फ जाँदै गरेको प्र१–०२–००५२प ७०२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यता दुर्घटनामा गम्भीर घाइते सई राजवंशीको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: २०२५-०६-०८ , समय : ०९:२४:१३ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित