सप्तकोशी नदीमा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरजको पनि शव फेला

मिति: २०२५-०६-०८ , समय : १२:१५:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तकोशी नदीमा विपद उद्धार अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान सुरज साउदको पनि शव भेटिएको छ ।
गत बिहीबार डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान साउदको शव आइतबार भेटिएको प्रहरीले जनाएको छ । उनको शव डुबेको भन्दा केही दक्षिणतर्फको दुरीमा भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।
साउदसँ‌गै डुबेका हरदेव राजवंशी भने शुक्रबार नै मृत अवस्थामा भेटिएका थिए ।
उनी हनुमाननगर कंकालिनी नगरपालिकाकाे याेगिनियाँमा मृत भेटिएका हुन् । बालुवामा घाेप्टाे परेको अवस्थामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-०८ , समय : १२:१५:२३ , 1 week अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित