सद्गुरु कबीरदासको ६२७ औं प्रकट्य दिवसको अबसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मिति: २०२५-०६-११ , समय : ०९:०२:५८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेश प्रदेशमा आज सद्गुरु कबीरदासको ६२७ औं प्रकट्य दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको छ । सद्गुरुको सम्मानमा मधेश सरकारले पहिलोपटक सार्वजनिक बिदा दिएको हो ।

यस ऐतिहासिक निर्णयप्रति प्रसन्नता व्यक्त गर्दै कबीरपन्थी समुदायले प्रकट्य जयन्तीको पूर्वसन्ध्यामा जनकपुरधाममा भव्य र्‍याली निकालेका थिए । सद्गुरु कबीर बालबात्सल्य आश्रमका संचालक सत्यनारायण आलोकको नेतृत्वमा निकालिएको उक्त र्‍यालीले जनकपुरका विभिन्न भाग परिक्रमा गरेको थियो ।

उक्त कार्यक्रमका अवसरमा प्रदेश सरकारका प्रतिनिधिका रूपमा उपस्थित वन तथा वातावरण मन्त्री संजयकुमार यादवलाई कबीरपन्थीहरुले विशेष सम्मानसमेत प्रदान गरेका थिए । आजको दिन पनि कबीरपन्थीहरुले सद्गुरुको शिक्षालाई स्मरण गर्दै विविध कार्यक्रमहरू आयोजना गरी प्रकट्य दिवस मनाइरहेका छन् ।

‘कबीर सागर’ अनुसार, सद्गुरु कबीर साहेबको अवतरण सन् १३९८ ९संवत १४५५० मा जेठ महिनाको पूर्णिमा दिन ब्रह्ममुहूर्तको समयमा लहरतारा तालमा फुलेको कमलको फूलबाट भएको मानिन्छ । त्यसबेला नीरु र नीमा नामक साधारण जुलाहा दम्पतीले उनलाई घर लगेका थिए। यसै कारण, उनका अनुयायीहरूले यो दिनलाई ‘प्रकट्य दिवस’का रूपमा मनाउने गर्छन्। टुडेपाटीबाट

प्रकाशित मिति: २०२५-०६-११ , समय : ०९:०२:५८ , 7 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित