सप्तरीको छिन्नमस्ताकाे मोहनपुरमा घरेलु हतियार प्रहारबाट दुई जना घाइते ,एक जना पक्राउ

मिति: २०२५-०६-११ , समय : २१:००:३८ , नविन निर्भय यादव

तस्बिर : गामघर टिभि

नविन निर्भय यादव

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.२ मोहनपुरमा घरभित्र प्रवेश गरी घरेलु हतियार प्रयोग गरेर कुटपिट भएको घटना सार्वजनिक भएको छ।
मंगलबार बिहान १०:०० बजे वैजनाथ मण्डल तथा उनका छोराहरू दिपेन्द्र मण्डल र भुपेन्द्र मण्डल मिलेर खन्ती, दविया, फर्सा जस्ता घरेलु हतियार प्रयोग गरी स्थानिय रामसेवक मलाकार तथा जयप्रकाश मलाकारलाई आक्रमण गरेका थिए।
पीडित पक्षका अनुसार आक्रमणकारीहरूले घरभित्रै प्रवेश गरेर गालीगलौज गर्दै हिंसात्मक रूपले खुकुरी तथा फर्साले प्रहार गरेका थिए, जसका कारण पीडितहरू गम्भीर घाइते भएका छन्।
स्थानीय गाउँले समाजले घटनास्थलमा हस्तक्षेप गरेपछि घाइतेहरूलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुर्याइएको थियो। तर, उपचारमा आवश्यक उपकरणको अभाव रहेका कारण थप उपचारका लागि पीडितलाई विराटनगरस्थित नोबेल अस्पतालमा रेफर गरिएको छ।
यता घटनापछि संलग्न व्यक्तिहरू फरार रहेका छन् भने प्रहरीले तीव्र खोजी कार्य अघि बढाएको छ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले घटनामा संलग्न वैजनाथ मण्डललाई पक्राउ गरिएको जानकारी दिएका छन्। उनले भने, “अन्यको पनि खोजी कार्य जारी छ भने घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।”

प्रकाशित मिति: २०२५-०६-११ , समय : २१:००:३८ , 6 days अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित