कोशी प्रदेश : माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्युु
मिति: २०२५-०६-१४ , समय : १९:५५:०५ , गामघर डेस्क
मिति: २०२५-०६-१४ , समय : १९:५५:०५ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । कोशी प्रदेशमा करेन्ट लगाएर माछा मार्ने क्रममा मोरङमा दम्पतीको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका-७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको हो । मोरङ प्रहरीका अनुसार घर नजिकै सुन्दरहरैँचा-७ स्थित मदेली खोलाको पुलमुनि करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो ।
लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गरेका थिए । प्रहरीका अनुसार करेन्ट लागेर दुवै जनाको बिहान ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
प्रकाशित मिति: २०२५-०६-१४ , समय : १९:५५:०५ , 3 days अगाडि