मधेस प्रदेशमा अझै राेकिएन स्थानीय प्रहरी प्रशासनकाे सेटिङमा हुने तस्करी
मिति: २०२५-०६-१६ , समय : १०:४५:१४ , गामघर डेस्क
मिति: २०२५-०६-१६ , समय : १०:४५:१४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशका विभिन्न जिल्लाकाे सिमावर्ति नाकाहरुमा स्थानीय प्रहरी प्रशासनकाे मिलाेमताेमा खुलेआम तस्करी भइरहेको छ । साेहि क्रममा मधेस प्रदेशको बाराको छतवा नाकाबाट तस्करी धन्दा शुरू भएको छ । स्थानीय प्रहरी प्रशासनकाे संरक्षण र सेटिङमा तस्करी धन्दा सुचारू भएको स्थानीय उमेश यादवले जानकारी दिए । केही दिन अलि कडा गरिएको कारण तस्करी धन्दा राेकिएकाे भए पनि अहिले भने तस्करी धन्दा सुचारू भएको हो । तस्करी धन्दाकाे लाइन मिलाउने काम सशस्त्र प्रहरी बलले गरेको स्थानीय व्यवसायी उमाशंकर साह बताउँछन् । अहिले यो नाकाबाट तस्करी धन्दाकाे लाइन पाउनेहरूमा प्रेम काजु , दिनेश रजनिगन्धा , अनिल कपडा रज्निगन्धा , सकिर , मनाेहर , चन्दन , भाेला र मनाेज मुख्य रहेका छन् । सबैभन्दा बढी यस नाकाबाट भैंसी र कपडाको तस्करी भैरहेको छ। तस्करी धन्दा गर्नका लागि बिहान २ बजे देखि ५ बजे सम्मको समय ताेकिएकाे छ ।
यस नाका भन्दा भारतीय क्षेत्रमा घाेडासान भन्ने ठाउँ पर्दछ । तस्करहरूले तस्करीको सामान रक्साैलबाट घाेडासान हुदै छतवा लिएर आउने गरेका छन् । नव जनप्रहारबाट
प्रकाशित मिति: २०२५-०६-१६ , समय : १०:४५:१४ , 1 day अगाडि