सप्तरीमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी साह प्रक्राउ

मिति: २०२५-०६-१६ , समय : १६:२३:१८ , गामघर डेस्क

तस्बिर : जिल्ला प्रहरी कार्यालय , सप्तरी

गामघर डेस्क

राजविराज ।
सप्तरी प्रहरीले सवारी ज्यान मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का अन्दाजी २८ बर्षीय गंगाराम साह रहेको हो ।

जिल्ला अदलात राजविराजले साहलाई सवारी ज्यान मुद्दामा १६ दिन कैद बरदात पश्चात उनी फरार भएको थियो । फैसला कार्यान्यवनको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीका मातहत प्रहरी चौकी पत्थरगडाबाट खटिएको प्रहरी टोलीले उनलाई खोजतलास गरी प्रक्राउ पारेको हो ।

यता प्रक्राउ परेको साहलाई जिल्ला अदालत राजविराज दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एवं सुचना अधिकारी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०६-१६ , समय : १६:२३:१८ , 21 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित