कोशी प्रदेश : झण्डै २१ सय किलाे गाँजासहित ३ जना पक्राउ

मिति: २०२५-०६-१७ , समय : १६:२४:१८ , गामघर डेस्क

तस्बिर : फाइल फाेटाे

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरामा रहेको धरान–तरहरा सडकबाट प्रहरीले २ हजार १ सय किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।

आज बिहान धरानबाट इटहरी जाँदै गरेको ना ५ ख ६११६ नम्बरको ट्रक रोकेर जाँच गर्ने क्रममा ४८ बोरा बन्दाकोभी र १२ बोरा आलुको बीचमा लुकाइएको अवस्थामा ७० बोरा गाँजा फेला परेको सुनसरीका प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिमल्सिनाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेहरूमा ट्रकका चालक धनकुटाकाे शहीदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा रहेका ३३ वर्षीय सुनिल राई र सुनसरीको बराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राई रहेका छन् ।

यसअघि हिजो पनि सशस्त्र प्रहरीले धरान उपमहानगरपालिका–१३ शिवधाराबाट २ हजार १ सय ३० किलो गाँजा बरामद गरेको थियो ।

प्रकाशित मिति: २०२५-०६-१७ , समय : १६:२४:१८ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित