उदयपुरमा रहस्यमय अवस्थामा युवक र किशोरीको शव फेला
मिति: २०२५-०६-१८ , समय : १०:१३:५४ , गामघर डेस्क
मिति: २०२५-०६-१८ , समय : १०:१३:५४ , गामघर डेस्क
गामघर डेस्क
उदयपुर । कोशी प्रदेशको उदयपुरको चौण्डीगढी नगरपालिका–४ अमलचौरीमा एक युवक र एक किशोरीको शव रहस्यमय अवस्थामा फेला परेको छ । इलाका प्रहरी कार्यालय बेल्टार चौण्डीगढीका अनुसार स्थानीय २८ वर्षीय रविन राई र १४ वर्षीया मञ्जु राई मृत अवस्थामा फेला परेका हुन् । बुधबार बिहान मञ्जुको शव गाउँकै बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले अनुसन्धानका क्रममा बाटोबाट करिब २०० मिटर टाढा नजिकैको रूखमा झुन्डिएको अवस्थामा रविनको शव समेत फेला पारेको हो ।दुवै शवको अवस्था शंकास्पद रहेकोले प्रारम्भिक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाइएको छ ।यता इलाका प्रहरी कार्यालय बेल्टारले अनुसन्धान सुरु गरेको छ । अहिलेसम्म घटनाको स्पष्ट कारण खुल्न सकेको छैन ।
प्रकाशित मिति: २०२५-०६-१८ , समय : १०:१३:५४ , 2 months अगाडि