मधेस प्रदेश : झण्डै २२ किलो लागुऔषधसहित एक जना पक्राउ

मिति: २०२५-०६-१८ , समय : १४:५५:१० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको बारामा २२ किलो लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जीतपुर सिमरा उपमहानगरपालिका ८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उनलाई मंगलवार साँझ पक्राउ गरेको हो ।
जीतपुर सिमरा उपमहानगरपालिका ८ ईम्लिप्रतिस्थित फिल्डमा २ वटा बोरामा लैजादै गरेको अवस्थामा संयुक्त टोलीले मंगलवार साँझ सहनीलाई पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।उनीमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-१८ , समय : १४:५५:१० , 6 hours अगाडि