सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका एक जनाकाे बाटोमा मृत्यु
मिति: २०२५-०६-१८ , समय : १६:५९:५३ , गामघर डेस्क
मिति: २०२५-०६-१८ , समय : १६:५९:५३ , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं ।
सप्तरीबाट बस चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु
काठमाडौँ । सप्तरीबाट बसमा चढेर काठमाडौँ आउँदै गरेका पुरुषको बाटोमा मृत्यु भएको छ । सप्तरीको बलान बिहुल गाउँपालिका वडा न.५ घर भएका ८३ वर्षीय असरफि ठाकुरको धादिङको गजुरी गाउँपालिका–१ मा आइपुगेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।
बा.प्र–०३ –००१ ख २८५२ नम्बरको बसमा सवार ठाकुर अचानक बिरामी भएपछि उनलाई प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको थियो । उपचारको क्रममा बुधवार बिहान उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ । यता मृत्युु घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०६-१८ , समय : १६:५९:५३ , 7 hours अगाडि