सप्तरीमा बिहे गरेको चार दिन नबित्दै सवारी दुर्घटनामा युवककाे मृत्यु ,एक जना गम्भीर घाइते
मिति: २०२५-०६-१८ , समय : २२:३२:४९ , गामघर डेस्क
मिति: २०२५-०६-१८ , समय : २२:३२:४९ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । बिहे गरेको चार दिन नबित्दै सप्तरीको शम्भुनाथ नगरपालिका वडा न.१ गोविन्द चोक स्थित ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्युु भएको छ । भन्ने अर्का एक जना गम्भीर घाइते भएको छ ।
सप्तरीको रुपनीबाट शम्भुनाथ तर्फ जादै गरेको स १ त ४९७२ नं. को ट्रयाक्टरले विपरीत दिशाबाट आउदै गरेको प्र२-०१-००१ प ३१३५ नं.को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु र मोटरसाइकल पछाडि सवार एक जना गम्भीर घाइते भएका हुन् ।
मोटरसाईकल चालक सप्तरीकाे रुपनी गाउपालिका वडा न.१ रुपनी बजार बस्ने मो. गुलजार मिँयाको छोरा २५ बर्षिय मो.आजद मिँया दुर्घटनापछि गम्भीर घाइते भएको हुँदा तत्काल गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। यस्तै मोटरसाईकलमा पछाडि सवार साेहि ठाउँका बसिर मिँयाको छोरा १८ बर्षिय माे. समिर मिँयाको हात खुट्टा र टाउकोमा चोट लागि घाईते भई उपचारको लागि युनिक अस्पताल रुपनी लगिएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि धरान घोपामा उपचार भईरहेको जनाइएको छ र ट्रयाक्टर चालक जिल्ला सप्तरी शम्भुनाथ नगरपालिका वडा न.१ बस्ने बर्ष-२७ को कैलास कुमार यादव जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको र ट्रयाक्टर एवं मोटरसाइकल इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा रहेको छ। यता साे दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
प्रकाशित मिति: २०२५-०६-१८ , समय : २२:३२:४९ , 6 hours अगाडि