मधेस प्रदेश : मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु

मिति: २०२५-०६-२० , समय : २१:१३:१८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहामा मोटरसाइकल र साइकल ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

आज साँझ सवा ५ बजेतिर सिरहा नगरपालिका वडा न.१८ लक्षमिनिया स्थित हुलाकी सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २–०१००३ प ३२३० नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ गइरहेको साइकल सन्हैठा नजिक एक आपसमा ठोकिँएको हो ।

मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सिरहाको कल्याणपुर–१२ का २९ वर्षीय नरेश मुखिया, पछाडि सवार कल्याणपुर नगरपालिका २ चतरीका २८ वर्षीय प्रदीप मुखिया र साइकल यात्री सिरहा नगरपालिका–२ का ६५ वर्षीय कुसे राय रहेका छन् ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार दुर्घटनामा तीनैजना गम्भीर घाइते भएका थिए ।

उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएकोमा तीनैजनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

यता मृतकहरूको शव पोष्टमार्टमका लागि अस्पतालमा राखेर घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-२० , समय : २१:१३:१८ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित