सप्तरीको हनुमाननगर कंकालिनीमा अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइयो

मिति: २०२५-०६-२५ , समय : ०५:४४:५४ , रबि शर्मा

तस्बिर : रबि शर्मा / गामघर टिभि

रबि शर्मा

हनुमाननगर । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा अन्तर्राष्ट्रिय एकल महिला दिवस (International Widows Day) को अवसरमा एक भव्य कार्यक्रम सम्पन्न भएको छ। एकल महिला आत्मनिर्भरता तथा पुनर्स्थापना केन्द्र (SWS RC) को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा नगर उपप्रमुख सरिता देवी यादव सिपलिया प्रमुख अतिथिका रुपमा सहभागी भइ एकल महिलाहरूको सशक्तिकरण र अधिकार सुनिश्चितताका विषयमा महत्वपूर्ण धारणा राखिन्।

कार्यक्रमको अध्यक्षता जुही ठाकुरले गरेकी थिइन् भने सञ्चालन अभिषेक कर्णले गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य, विशेष मन्तव्य र सम्मान कार्यक्रमसमेत समावेश गरिएको थियो।

समारोहमा केन्द्रकी कोषाध्यक्ष सुमित्रा देवी शर्मा, सचिव तजिला खातुन, नगरपालिकाका १ देखि १४ वडा भित्रका एकल महिला संगठनका पदाधिकारी, एकल महिलाहरू, साथै पत्रकार रवि शर्मा र कमल मण्डल लगायतको उपस्थिति रहेको थियो।

वक्ताहरूले एकल महिलाहरूलाई आत्मनिर्भर र सक्षम बनाउन आवश्यक नीति, योजना र सामाजिक समर्थनका विषयमा जोड दिएका थिए। महिलाहरूका तर्फबाट रमिला देवी मण्डल, अनिता देवी र इन्द्रवती देवीले आफ्ना अनुभव र भावनाहरू प्रस्तुत गर्दै एकल महिलाहरूको अवस्था सुधारका लागि ऐक्यबद्धताको सन्देश दिएका थिए।

कार्यक्रममा करिब ७० जना सहभागी भएका थिए। दिवंगत आत्माहरूको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

आयोजक संस्थाका अनुसार उक्त कार्यक्रमले एकल महिलाहरूमा आत्मविश्वास, हौसला र सकारात्मक सोच जागृत गराउने विश्वास लिएको छ।

प्रकाशित मिति: २०२५-०६-२५ , समय : ०५:४४:५४ , 2 months अगाडि

यहाँ कमेन्ट गर्नुहोस्