मधेस प्रदेश : सेफ्टी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु

मिति: २०२५-०६-२५ , समय : ०९:००:५९ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको रौतहटमा सेफ्टी ट्यांकीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधेस प्रदेशको रौतहटको चन्द्रपुर नगरपालिका वडा न.१० निबुवा टोलका गरिमा साहका छोरा १ वर्षीय रञ्जे साह र जग्दीश साहकी छोरी १ वर्षीया खुश्बु साह छन् ।

खेल्ने क्रममा मंगलबार साँझ पौने ८ बजे स्थानीय हृदय पासवानको शौचालयको ट्यांकीमा डुबेर गम्भीर घाइते भएका थिए ।

उपचारको लागि सरकारी अस्पताल चपुरमा लग्दा ८ : १५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यता साे घटना बारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२५-०६-२५ , समय : ०९:००:५९ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित