मधेस प्रदेशमा हत्याको घटनामा बृद्धि : सिरहामा एक युवकको हत्या
मिति: २०२५-०६-२८ , समय : ०८:४४:३४ , गामघर डेस्क
मिति: २०२५-०६-२८ , समय : ०८:४४:३४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । पछिल्लोपटक मधेस प्रदेशको जिल्लामा हत्याको घटनाक्रम बढेको छ । साेहि क्रममा मधेस प्रदेशको सिरहाको अर्नमा गाउँपालिका वडा न.१ स्थित घर अगाडि एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ ।
स्थानीय रामसेवक महराका छोरा अन्दाजी ३० वर्षीय अजय महराको शव शनिवार घर अगाडि फेला परेको हो । कुटपिट पश्चात घिसारेर उनको हत्या गरेको देखिएको छ । मृतकको घाँटीमा पनि लुगा बेरिएको छ ।
घटनास्थलमा स्थानीयको भीड लागेको छ । जिल्ला प्रहरी कार्यालयबाट प्रहरीले टोली पुगेर घटनाबारे अनुसन्धान थालेका छन् ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी बिरेन्द्र पासवानले महराको शव फेला परेको र मृत्यू कसरी भएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।
पछिल्लोपटक सप्तरी,सिरहा,धनुषा सहित मधेस प्रदेशको जिल्लामा हत्याको घटनाक्रम बढदै गरेकोमा स्थानीयहरुले चिन्ता ब्यक्त गरेका छन ।
प्रकाशित मिति: २०२५-०६-२८ , समय : ०८:४४:३४ , 6 hours अगाडि