जहा धर्म त्यहीँ कुकर्म : पशुपतिमा बसेर करोडौंको भ्रष्टाचार

मिति: २०२५-०६-२९ , समय : १५:५८:५५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । पशुपति क्षेत्र, जुन धार्मिक तथा सांस्कृतिक हिसाबले अत्यन्तै महत्वपूर्ण स्थल हो, हालका दिनहरूमा भ्रष्टाचारको आरोपले घेरिएको छ। यस पवित्र स्थलमा बसेर करोडौं रुपैयाँको भ्रष्टाचार भएको भन्ने गम्भीर आरोप सार्वजनिक भएका छन्। धार्मिक स्थललाई आर्थिक शुद्धता र पारदर्शिताको प्रतीक मानिन्छ, तर जिम्मेवार निकायहरूद्वारा स्रोत साधनको दुरुपयोग हुनु निकै दुःखद कुरा हो।
पशुपति क्षेत्र विकास कोषसँग सम्बन्धित केही अधिकारीहरूमाथि सार्वजनिक सम्पत्तिको अनुचित प्रयोग, ठेक्कापट्टामा अनियमितता, र आर्थिक पारदर्शिता नहुनुजस्ता गम्भीर आरोपहरू लागेका छन्। यस्ता क्रियाकलापले न केवल धार्मिक आस्थामाथि आघात पुर्याउँछ, तर समग्र शासनप्रणालीप्रति जनविश्वासमा पनि गम्भीर प्रश्न उठाउँछ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापासहित १४ जना र २ कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।पशुपति क्षेत्र विकास कोषको सम्पत्ति हिनामिना गरेको आरोपमा उनीहरूविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
तत्कालीन निमित्त सदस्य सचिव राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक घनश्याम खतिवडा, कोषका तत्कालीन निमित्त उपनिर्देशक तथा हाल उपनिर्देशक रेवतीरमण अधिकारी, निमित्त उपनिर्देशक सिताराम रिसेल, कोषकै इन्जीनीयरहरु पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी, लेखा अधिकृत चन्द्रप्रसाद खनालका बिरुद्ध मुद्दा दायर गरिएको छ । त्यसैगरी पुल्चोक इन्जीनीयरीङ क्याम्पसका इलेक्ट्रिकल बिभाग प्रमुख उपप्राध्यापक युवराज अधिकारी, कोषका कानुनी सल्लाहकार लैनबहादुर थापाबिरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । १४ जनाबिरुद्ध नै जनही १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ ।
शब जलाउने मेसिन आपूर्तिकर्ता कम्पनी म्याप इन्टरप्राइजेज प्रालिका संचालकद्वय मनोज पुरी ्यदुनन्दन भट्टराई र कन्सलटेन्सी प्रालिका प्रबन्ध निर्देशक सुरज चापागाई बिरुद्ध पनि विशेष अदालतमा १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ३१ पैसा बिगो मागदाबी गरिएको छ ।
पशुपति बिकास कोषले म्याप इन्टरपेनर्स प्रालिसँग शव जलाउने मेसिन खरिद गरेको थियो । गुणस्तरहीन मेसिन सेटिङमा खरिद गरिएको अनुसन्धानमा देखिएको उल्लेख गर्दै आयोगले सदस्यसचिव थापासहितका पदाधिकारी र कर्मचारीसँग साढे १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ ४१ पैसा बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ ।
कोषले २०८० असोजमा ४ वटा मेसिन खरिदका लागि म्याप इन्टरप्रेनर्स प्रालिसँग सम्झौता गरेको थियो । ५ करोड ६५ लाख ५४ हजार ७९० रुपैयाँमा खरिद गरिएका दुईवटा मेसिन गत वर्ष नै जडान गरिएका थिए । तर, गुणस्तरमा प्रश्न उठेपछि भुक्तानी रोकिएको थियो । थप २ वटा मेसिन खरिद प्रक्रिया समेत अवरुद्ध भएको थियो ।
सम्बन्धित काममा अनुभव नै नभएको परामर्शदाता कम्पनी एप्पल इन्जिनियरिङलाई फर्जी कोटेसन तयार गर्न लगाइ बढी लागत अनुमान गरेर मिलेमतोमा म्याप इन्टरप्रेनर्सलाई शवदाह गृहको मेसिन खरिद तथा जडानको जिम्मा दिएको आरोप अख्तियारको छ । अख्तियारका अनुसार म्याप इन्टरप्रेनर्सले जडान गरेका दुई वटा मेसिन हाल संचालनमा छैनन्।
पशुपतिको जस्तो पवित्र स्थानमा भ्रष्टाचार हुनु कुनै हालतमा स्वीकार्य हुन सक्दैन। पारदर्शिता, जवाफदेहिता र सुशासनको सुनिश्चितता नभएसम्म यस्ता घटनाहरू दोहोरिरहने सम्भावना रहन्छ।

प्रकाशित मिति: २०२५-०६-२९ , समय : १५:५८:५५ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित