सप्तरीको छिन्नमस्ता गाउपालिकामा एक आर्थिक बर्षमा झण्डै ४० लाख इन्धनमा मात्रै खर्च : घर भाडा तथा विभिन्न मिडियालाई १५/ १५ लाख भुक्तानी गरेको खुलासा

मिति: २०२५-०७-०१ , समय : २१:३२:५७ , शुभ नारायण यादब

तस्बिर : सामाजिक सन्जाल / गामघर टिभि

शुभ नारायण यादब

राजविराज । सप्तरीको छिन्नमस्ता गाउपालिकामा एक आर्थिक बर्षमा झण्डै ४० लाख भन्दा बढि इन्धनमा खर्च गरेको खुलासा भएको छ । आर्थिक बर्ष २०८०/०८१ मा मात्रै छिन्नमस्ता गाउपालिकाले ३८ लाख ८९ हजार इन्धनमा खर्च गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएकाे छ । सवारी साधनकाे तुलनामा इन्धनको खर्च उच्च देखिएको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । यसबाट प्रष्ट भएकाे छ कि सप्तरीको छिन्नमस्ता गाउपालिकामा इन्धनमा पनि व्यापक भ्रष्टाचार भएको छ । त्यस्तै छिन्नमस्ता गाउपालिकामा बार्षिक घर भाडा बापत रु. १५ लाख २ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । जबकि याे पालिकाले विगत तीन बर्षदेखि पालिका अध्यक्ष बिघानन्द चौधरीले आफ्नो घरमा नै पालिका अफिस सन्चालन गरेर बार्षिक लाखौंको भ्रष्टाचार गर्दै आएकाे स्थानीय युवा नेता जय प्रकाश यादब जेपिकाे आरोप रहेको छ । कुल घर भाडामा पनि १ लाख ४१ हजार बढि भाडा भुक्तानी गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै विभिन्न मिडियामा साे आर्थिक बर्षमा पालिकाले १४ लाख १८ हजार ६ सय ८० रुपैयाँ भुक्तानी गरेको छ । विभिन्न १० वटा मिडियालाई मात्रै पालिकाले झण्डै १५ लाख रकम भुक्तानी गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । जसमा ४२ हजार ५ सय ६१ रुपैयाँ विभिन्न सन्चारमाध्यमबाट असुल उपर समेत गर्नुपर्ने महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । यस्तै विभिन्न सिपमुलक तालिमकाे नाममा तालिमकाे नाममा पालिकाले झण्डै ६५ लाख भन्दा बढि खर्च गरेको महालेखा प्रतिवेदनमा उल्लेख गरिएको छ । यसरी सप्तरीको छिन्नमस्ता पालिकाले खुलेआम रुपमा करोडौंको भ्रष्टाचार गरेको आरोप स्थानीयहरुले लगाएको छ । यता साे सम्बन्धमा पालिकामा प्रमुख प्रशासकिय अधिकृत तथा पालिका अध्यक्ष बिघानन्द चौधरी एवम् पालिकाका सुचना अधिकारी दिपक मेहता समेतसग माेबाइलमा सम्पर्क गर्दा कसैकाे माेबाइलमा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति: २०२५-०७-०१ , समय : २१:३२:५७ , 5 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित