साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने : सामाजिक सुरक्षा प्रणालीमा आबद्ध

मिति: २०२५-०७-०४ , समय : १७:१५:०८ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाण्डाै । आउँदो आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।

अर्थ मन्त्रालयले आज सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानलाई परिपत्र गर्दै सामाजिक सुरक्षा प्रणाली लागू गर्ने व्यवस्था मिलाउन भनेको हो । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

अहिले कर्मचारी, मजदूर तथा अन्य व्यक्तिहरूलाई सामाजिक सुरक्षा प्रदान गर्न ‘योजनामा आधारित सामाजिक सुरक्षा ऐन २०७४’ र सरकारी कर्मचारीका लागि ‘निवृत्तभरण कोष ऐन २०७५’ कार्यान्वयनमा छन् । यस अनुसार २०७५ सालदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू गरिएको थियो । उज्यालो

प्रकाशित मिति: २०२५-०७-०४ , समय : १७:१५:०८ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित