देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सेवा बन्द, बिरामीहरु मर्कामा
मिति: २०२५-०७-०७ , समय : १२:१३:०७ , गामघर डेस्क
मिति: २०२५-०७-०७ , समय : १२:१३:०७ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डौ । नेपाल चिकित्सक सङ्घको आह्वानमा आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द भएको छ । उपचारमा लापरबही गर्ने डाक्टर र अस्पतालहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति तिराउन थालेपछि सङ्घले चरणबद्ध आन्दोलन थालेको हो ।
देशभरका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले अघिल्लो हप्तादेखि हातमा कालोपट्टी बाँधेर काम गर्दै आएकोमा सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । सङ्घले चिकित्सकीय मुद्दा हेर्ने अधिकार मेडिकल काउन्सिलमा मात्रै सीमित गरिनुपर्ने माग गर्दै आवश्यक परे थप कडा आन्दोलनका कार्यक्रम ल्याउने चेतावनीसमेत दिएको छ । डाक्टरहरुको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् ।
प्रकाशित मिति: २०२५-०७-०७ , समय : १२:१३:०७ , 4 hours अगाडि