मधेस प्रदेश : धनुषाको हंसपुर नगरपालिकाकी पूर्वउपमेयरसहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मिति: २०२५-०७-०७ , समय : २१:१८:५१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । मधेस प्रदेशको धनुषाको हंसपुर नगरपालिकाकी पूर्वउपमेयर रेणुदेवी झासहित नाै जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पीपीसी ढलान योजनाको रकम भुक्तानीमा भ्रष्टाचार गरेको आरोपमा पूर्वउपमेयर झासहित नाै जनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को नगरसभाबाट स्वीकृत कार्यक्रमबाट सुगा निकास टोलदेखि कट्टी चोकसम्म पीपीसी ढलान गर्न एक करोड रुपैयाँ विनियोजन भएको अनुसन्धानमा खुलेको छ । त्यही योजना कार्यान्वयनको चरणमा काम नगरी गलत नापी किताब तयारी गराई आपसी मिलेमतोमा ५२ लाख ७२ हजार एक सय ६८ रुपैयाँ हिनामिना गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडलले बताउनुभयो ।

अख्तियारले उनीहरूविरूद्ध फरक फरक बिगो माग गरेको छ ।

प्रकाशित मिति: २०२५-०७-०७ , समय : २१:१८:५१ , 4 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित