सप्तरीमा फलामको गेटले किचेर ४ वर्षीय बालकको मृत्युु
मिति: २०२५-०७-११ , समय : ०८:०२:४८ , गामघर डेस्क
मिति: २०२५-०७-११ , समय : ०८:०२:४८ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । सप्तरीको सप्तकोशी नगरपालिका वडा न.१ खोरियाटोलमा फलामको गेटले किचेर ४ वर्षीय बालकको मृत्युु भएको छ।
विहिबार साँझ साथीहरूसँग खेल्ने क्रममा घरको आँगनमा रहेको फलामको गेट अचानक लड्दा स्थानीय सञ्जिव कट्वालका छोरा समिर कट्वालको मृत्यु भएको हो।
गेटले किचेर उनी गम्भीर घाईते भएका थिए। बालकलाई उपचारका लागि विराटनगर लाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी चौकी फत्तेपुरले जनाएको छ।
समिर स्थानीय मदर मेमोरियल माध्यमिक विद्यालयमा अध्ययनरत थिए। यता बालकको असामयिक निधनले परिवार शोकमा डुबेको छ।
प्रकाशित मिति: २०२५-०७-११ , समय : ०८:०२:४८ , 1 day अगाडि