आपसी बिवादमा सप्तरीको राजविराजमा एक युवकमाथि खुकुरी प्रहार

मिति: २०२५-०७-१२ , समय : २२:४२:२२ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

राजविराज । सप्तरीको सदरमुकाम राजविराज नगरपालिकामा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ ।

राजविराज नगरपालिकाको वडा न. ८ पुलचोक निवासी १८ बर्षिय युवक सुमित कुमार मण्डलमाथि खुकुरी प्रहार भएको हो । आपसी वादविवादका क्रममा सोही ठाउँका २२ बर्षका मुकेश मण्डलले खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खुकुरी प्रहारबाट सुमितको टाउकोमा चोट लागेको तथा उनकाे गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

यता खुकुरी प्रहार गर्ने मुकेश फरार भएको तथा उनकाे खोजी कार्य तिर्व रुपमा भैरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२५-०७-१२ , समय : २२:४२:२२ , 8 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित