कोशी प्रदेश : अर्ध नग्न अवस्थामा घरभित्रै मृत भेटिए श्रीमान श्रीमती

मिति: २०२५-०७-१३ , समय : १९:३४:०३ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको इनरुवामा घरभित्रै श्रीमान र श्रीमती मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।
सुनसरी प्रहरीका अनुसार सुकदेवको शव फुसको घरको धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेको हो भने सवेताको शव भने ओछ्यानमा फेला परेको छ । सुकदेवको शरीर अर्ध नग्न अवस्थामा र उनकी श्रीमतीको शव ओछ्यानमा सुतिरहेको अवस्थामा फेला परेकाले घटना शंकास्पद भएकाको प्रहरीले जनाएको छ । यता सुनसरी प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२५-०७-१३ , समय : १९:३४:०३ , 10 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित