कोशी प्रदेश : भिनाजुले गोली हानी गरे सालीको हत्या

मिति: २०२५-०७-१४ , समय : १३:०५:०४ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

सुनसरी । कोशी प्रदेशको सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा गएराति एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार अर्सी खातुनलाई आफ्नै भिनाजु आजात मिया जटले गोली हानेका हुन् । प्रारम्भिक अनुसन्धानमा टाउकोमा नजिकैबाट गोली प्रहार गरिएको देखिएको छ।
घटनापछि आजात मिया भारततर्फ भागेको आशंका गरिएको छ । एसपी सुमनकुमार तिम्सिनाका अनुसार प्रारम्भिक अनुसन्धानमा भिनाजुले नै गोली प्रहार गरेको देखिएको छ ।उनी तत्कालै भारततिर भागेपछि खोजी कार्य जारी रहेको बताइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: २०२५-०७-१४ , समय : १३:०५:०४ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित