सप्तरीमा खानेपानीमा कर छुटको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र
मिति: २०२५-०७-१५ , समय : ०८:०७:५८ , गामघर डेस्क
मिति: २०२५-०७-१५ , समय : ०८:०७:५८ , गामघर डेस्क
गामघर डेस्क
सप्तरी ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल सप्तरीले खानेपानीमा कर छुटकाे माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत सोमबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार काठमाडौलाई महासंघले जिल्ला प्रशासन कार्यलयका सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर शाही मार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई ज्ञापनपत्र बुझाएका हो ।
महासंघका जिल्ला अध्यक्ष संजय कुमार यादवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रजिअ राम बहादुर शाही मार्फत प्रधानमन्त्री तथा प्रधानमन्त्री कार्यालयलाई सो ज्ञापनपत्र बुझाएका छ्न।
७७ वटै जिल्लाहरुबाट सोमबार ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल सप्तरीले पनि बुझाएको अध्यक्ष यादवले सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
प्रकाशित मिति: २०२५-०७-१५ , समय : ०८:०७:५८ , 8 hours अगाडि