कोशी प्रदेश : सशस्त्र प्रहरीद्वारा ४ सय ३६ किलो गाँजा सहित एक जना पक्राउ
मिति: २०२५-०७-१५ , समय : १७:२०:५३ , गामघर डेस्क
मिति: २०२५-०७-१५ , समय : १७:२०:५३ , गामघर डेस्क
गामघर डेस्क
उदयपुर । कोशी प्रदेशको उदयपुरको कटारी नगरपालिकामा सशस्त्र प्रहरीले ठुलो परिणाममा अवैध गाँजा बरामद गरेको छ। कटारी– २ खोक्सामा चेकजाँच गर्ने क्रममा ४ सय ३६ किलो गाँजा पक्राउ गरेको हो ।
सोमबार दिउँसो सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प कटारीबाट खटिएको टोलीले उक्त गाँजा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक मेघराज राउतले जानकारी दिए । उनका अनुसार को १ ज १२७५ नम्बरको बोलेरो गाडीमा लुकाईछिपाई गाँजा सिरहा तर्फ लैजाँदै गरिएको अवस्थामा बरामद गरिएको हो ।
गाँजा तस्करीको आरोपमा गाडी चालक तेज राईलाई नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धानका लागि उनलाई इलाका प्रहरी कार्यालयमा बुझाएको निरीक्षक राउतले बताए ।पछिल्ला दिनमा कटारी नाकामा सशस्त्र प्रहरीले निगरानी र चेकजाँच कडा बनाउँदै लगेपछि तस्करीसहितका अवैध गतिविधि नियन्त्रणमा आउन थालेका छन्। यता सशस्त्र प्रहरीले यसअघि पनि कटारी आसपासका क्षेत्रमा अवैध सामान तथा लागूऔषध नियन्त्रणका लागि नियमित गस्ती तथा चेकजाँच गर्दै आएको छ ।
प्रकाशित मिति: २०२५-०७-१५ , समय : १७:२०:५३ , 8 hours अगाडि