मधेस प्रदेश : खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु
मिति: २०२५-०७-१६ , समय : १०:३४:१६ , गामघर डेस्क
मिति: २०२५-०७-१६ , समय : १०:३४:१६ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशको सर्लाहीमा सडक बनाउनका लागि डोजरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
मधेस प्रदेशको सर्लाहीको हरिपुर नगरपालिका १ जानकीनगर टोल बस्ने दिनेश यादवका ६ वर्षीय छोरा सुशान्त यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार खेल्दाखेल्दै बालक बेपत्ता भएका थिए । खोजतलासको क्रममा घरबाट अन्दाजी पाँच सय मिटर दक्षिणपूर्व खाल्डोमा जमेको पानीमा राति ११ बजेतिर बालक मृत फेला परेका थिए ।
यता साे घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०७-१६ , समय : १०:३४:१६ , 17 hours अगाडि