अख्तियारद्वारा एक लाख घुस रकमसहित सिरहाको कल्याणपुरका मेयर साह रंगेहात पक्राउ

मिति: २०२५-०७-१६ , समय : १४:५९:४५ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

जनकपुर । झन्डै एक लाख रुपैंया नगद घुस रकमसहित सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साहलाई अख्तियार टोलीले बुधबार रंगेहात पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलीले कार्यालयमा नै मेयर साहलाई पक्राउ गरेपछि खैलाबैला मच्चिएकाे छ ।

दिउँसो पौने २ बजेतिर कार्यालयमै पूर्ण भुक्तानीका लागि एक उपभोक्ता समितिबाट एक लाख रकम घुस लिइरहेको बेला रंगेहात नियन्त्रणमा लिएको अख्तियार स्रोतले बताएको छ।

यता अख्तियारको टोलीले घटनास्थलमा मुचुल्कासहित अनुसन्धान गरिरहेको छ।

प्रकाशित मिति: २०२५-०७-१६ , समय : १४:५९:४५ , 12 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्