मधेस प्रदेशमा खडेरी : पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !
मिति: २०२५-०७-१७ , समय : ०८:०८:१७ , गामघर डेस्क
मिति: २०२५-०७-१७ , समय : ०८:०८:१७ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको पर्साकाे वीरगञ्जमा पानीको हाहाकार भएपछि गहवामाई मन्दिरमा पर्जन्य (वृष्टि) यज्ञ गरिएको छ । पछिल्लो समय वीरगञ्जसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएपछि हिजो वीरगञ्जको गहवामाई मन्दिरको प्राङ्गणमा भगवान् इन्द्रसँग पानीको माग गर्दै प्रार्थना यज्ञ गरिएको हो ।
गहवामाई मन्दिरको व्यवस्थापन र सञ्चालन गर्दै आइरहेको माईस्थान सञ्चालन समितिका अध्यक्ष नरेन्द्र साहले वीरगञ्जसहित समग्र मधेश प्रदेशमा अकाशेपानी नपरेर पानीको हाहाकार भएसँगै पर्जन्य (वृष्टि) यज्ञ गरिएको बताउनुभयो ।
मधेशमा आकाशेपानी नपरेपछि खानेपानी र सिँचाइको चर्काे समस्या भइरहेको छ । धार्मिक परम्पराअनुसार भगवान् इन्द्रको यज्ञ र हवन गरेपछि पानी पर्ने विश्वास रहेको छ ।
गहवामाई मन्दिर प्राङ्गणमा अहिले पाँच जना पुरोहितले पूजापाठ तथा यज्ञ गरेको अध्यक्ष साहले बताउनु भयो । त्यस्तै उहाँले धार्मिक परम्परा र विधिमार्फत यज्ञ गरेकाले पनि छिट्टै आकाशेपानी पर्ने विश्वास लिएको बताउनु भयो ।
तराई मधेशमा पर्याप्त पानी नपर्दा दैनिक जनजीवनसमेत प्रभावित हुँदै आइरहेको छ । रासस
प्रकाशित मिति: २०२५-०७-१७ , समय : ०८:०८:१७ , 12 hours अगाडि