मधेस प्रदेश : ११ हजार भोल्टको करेन्ट लाग्दा एक जनाको मृत्यु, दुई जना गम्भीर घाइते
मिति: २०२५-०७-१७ , समय : १०:४८:३१ , गामघर डेस्क
मिति: २०२५-०७-१७ , समय : १०:४८:३१ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको सर्लाहीमा ट्रकमा ११ हजार भोल्टको तारमा करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सर्लाहीको लालबन्दी नगरपालिका वडा न.१ लखनदेही पुल नजिक ट्रकमा करेन्ट लाग्दा ट्रक सहचालक रौतहटको बृन्दावन नगरपालिका–७ का ३० वर्षीय दिनेश पासवानको मृत्यु भएको छ ।
यस्तै २५ वर्षीय कुन्दन पासवान र ४० वर्षीय जागेश्वर पासवान गम्भीर घाइते भएका छन् ।
आज बिहान पौने ७ बजे रौतहटबाट लालबन्दीस्थति न्युँ माँ राजदेवी राइस मिलमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकमा भुस लोड गर्ने क्रममा ११ हजार भोल्टको करेन्ट प्रवाह भएको बिजुलीको तारमा छोइएको थियो । करेन्ट प्रवाहले तीनै जना घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय नवलपुरको टोलीले घाइतेहरुलाई उद्धार गरी नमुना अस्पताल हरिवन पठाएको थियो । अस्पतालमा उपचारका क्रममा सहचालक दिनेश पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०७-१७ , समय : १०:४८:३१ , 12 hours अगाडि