हत्या गरेर गाडिएको शव उत्खनन : भान्जा र सहोदर भाइ पक्राउ

मिति: २०२५-०७-१९ , समय : ०८:५८:२३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । धनगढीमा एकजनाको कुटपिटपछि मृत्यु भएको घटनामा संलग्न दुई जना पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–१४ फूलबारीका ३५ वर्षीय गणेश गिरीको कुटपिटपछि मृत्यु भएको घटनामा उनका भान्जा र सहोदर भाईलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार मृतकका १८ वर्षीय भान्जा प्रदीप बोहराले ‘एयरफोन चोरी गरेको’ आरोपमा असार २८ गते राति गिरीलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका गिरीको असार ३० गते ज्यान गएको थियो ।
घटनापछि मृतकका आफन्तहरूले शवलाई परम्परागत विधिअनुसार गाडेर अन्त्येष्टि गरेका थिए । तर, हत्या गरिएको भन्ने खबर सार्वजनिक भएपछि प्रहरीले घटना गम्भीर रूपमा लिँदै अनुसन्धान थालेको थियो ।
अनुसन्धानको क्रममा शव गाडिएको स्थान पहिचान गरी उत्खनन् गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कुटपिटमा संलग्न प्रदीप बोहरासँगै, घटनामा ‘मतियार’को भूमिका खेलेको भन्दै मृतकका ३३ वर्षीय सहोदर भाई पदम गिरीलाई समेत नियन्त्रणमा लिइएको छ ।हाल दुवैजनामाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यता शव परीक्षणपछि मृतकको शरीर परिवारको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: २०२५-०७-१९ , समय : ०८:५८:२३ , 16 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित