सप्तरी जिल्ला अदालतकाे ५५ दशमलब ६८ प्रतिशत मुद्दा फछर्यौट
आ .व. २०८१/८२ मा ८ हजार ३ सय ८१ मुद्दामा ४ हजार ६ सय ४५ मुद्दा (५५ दशमलब ६८ प्रतिशत ) फछर्यौट भएको ३ हजार ६ सय ९६ बाँकि रहेको
मिति: २०२५-०७-२० , समय : १५:००:४२ , देबराम यादब
मिति: २०२५-०७-२० , समय : १५:००:४२ , देबराम यादब
देबराम यादब
राजविराज ।
सप्तरी जिल्ला अदालत राजविराजले यस वर्ष ५५ दशमलब ६८ प्रतिशत मुद्दा फछर्यौट गरेका छन । अदालतले आ.ब. २०८१/०८२ को वर्षभरीको मुद्दा मामिलामा भएको प्रगति विवरण सार्वजनिक गरेको हो ।
सप्तरी जिल्ला अदालतका स्रेतेदार कृष्ण प्रसाद अधिकारिद्वारा प्रस्तुत प्रगति विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ५५ दशमलब ६८ प्रतिशत मुद्दा फछर्यौट भएको जानकारी दिनुभयो । यसैगरी आ.व. २०८१/८२ मा ८ हजार ३ सय ८१ मुद्दामा ४ हजार ६ सय ४५ मुद्दा (५५ दशमलब ६८ प्रतिशत ) फछर्यौट भएको ३ हजार ६ सय ९६ बाँकि रहेको जनाएको छ । अदालतले आ.ब. २०७७/०७८ मा दर्ता भएका मुद्दा मध्ये ४० दशमलब ८५ प्रतिशत, आ.ब. २०७८/०७९ मा ४७ दशमलब ५० प्रतिशत, आ.ब. २०७९/०८० मा ६५ दशमलब १५ प्रतिशत, आ.ब. २०८०/०८१ मा ५३ दशमलब ७५ प्रतिशत तथा आ.ब. २०८१/०८२ मा ५५ दशमलब ६८ प्रतिशत मुद्दा फछर्यौट गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अंशवण्डा मुद्दा २२४६ वट्टामा १४०८ फछर्यौट ८३८ बाँकि,लेनदेन ९८७ मा ६३४ फछर्यौट ३५३ बाँकि,जग्गा खिचौला ९६९ मा ४१७ फछर्यौट ५५० बाँकि, सम्बन्धबिच्छेद ३२२ मा २१० फछर्यौट ११२ ७ बाँकि ,चेक अनादर २५० मा १२६ फछर्यौट १२४ बाँकि,ज्यान मार्ने उघाेग/कर्तब्य ज्यान १२७ मा ८८ फछर्यौट ३९ बाँकि,जवरजस्तिकरणि/जकउघाेग ११६ मा ७४ फछर्यौट ४२ बाँकि,चोरि,डाका ११० मा ८५ फछर्यौट २५ बाँकि,घरेलु हिन्सा ९५ मा ४९ फछर्यौट ४६ बाँकि,अनुचित लेनदेन,ठगि तथा आपराधिक विश्रवासघात ८२ मा २५ फछर्यौट ५७ बाँकि,लागु औषध ६९ मा ४६ फछर्यौट २३ बाकि, बोक्सिको आरोप ३७ मा २५ फछर्यौट १२ बाँकि भएको छ । त्यस्तै फौजदारि मुदामा २७६२ मा २२२ फछर्यौट २५४० बाँकि,मेलमिलाप केन्द्रबाट ९१९ मा १२० फछर्यौट ७७७ मिलापत्र हुन नसकि फिर्ता,२२ मेलमिलाप प्रकृयामा बाँकि, र्फाटगत मिलापत्रद्वारा १ हजार ६२,कुल जम्मा ११८२ फछर्यौट भएका छन ।
यस्तै भराउनु पर्ने क्षतिपुर्ति रकम १ करोड ५८ लाख ७२ हजार ७ सय ७६ भइएको क्षतिर्पुर्ति रकम ८ लाख ६२ हजार ६ सय १८ क्षतिपुर्ति रकम १ करोड ५० लाख १० हजार १ सय ५८ रुपैया रहेका छन । जिम्मेबारि सरेको ३५५७,नयाँ दर्ता ४७८४,जम्मा लगत ८३४१,जम्मा फछर्यौट ४६४५,बाँकि ३६९६, ६ महिना भित्रको २२४५,६—१२ महिना भित्र ४७३, १२ देखि १८ महिनाभित्रको ६११,१८ महिनादेखि२ बर्ष भित्र २११,२ वर्ष नाघेको १५६,वार्षिक फछर्यौट लक्ष्य ५७१४,लक्ष्यको प्रगति प्रतिशत ८१ दशमलब २९ प्रतिशत बार्षिक लक्ष्य रंहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
प्रमुख न्यायाधिश दिपककुमार दाहालले न्यायालय प्रति, आमजनता,सेवाग्राही बीचको सम्बन्धलाई सुमधुर बनाएर लाने बताउनु भयो । उहाँले न्यायालय प्रति हेर्ने दृिष्टकोणमा आफनो कार्यकालमा सुधार गरेर जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
प्रकाशित मिति: २०२५-०७-२० , समय : १५:००:४२ , 5 hours अगाडि