मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार आरोपमा पक्राउ

मिति: २०२५-०७-२१ , समय : ०९:२५:३७ , गामघर डेस्क

फायल तस्बिर

गामघर डेस्क

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) बलात्कार आरोपमा पक्राउ परेका छन् । काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ अनुमति जारी गरेको थियो । उक्त अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र ५ दिन म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका एसपी अपील राज बोहराले जानकारी दिए । चैत २५ मा उनीविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । झा २०७७ फागुन ७ मा मधेशको प्रदेश प्रमुख नियुक्त भएका थिए ।

प्रकाशित मिति: २०२५-०७-२१ , समय : ०९:२५:३७ , 6 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित