जनकपुरको होटेलमा युवकलाई लगेर हत्या गर्ने युवती पक्राउ : विमलेश र जुली झा बीच थियो प्रेम सम्बन्ध

मिति: २०२५-०७-२१ , समय : १४:१३:२९ , गामघर डेस्क

तस्बिर : गामघर टिभि / जनकपुरधाम

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको महोत्तरीको महोत्तरी गाउँपालिका १ पर्साका २८ वर्षीय शनी भनिने विमलेश यादवको हत्याको आरोपमा पक्राउ परेकी युवतीलाई प्रहरीले सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय धनुषाले महोत्तरीको बलवा नगरपालिका वडा नं ७ बनौटाकी २४ वर्षीया जुली झालाई सोमबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
शनिबार राति विमलेशलाई जनकपुरको होटल एसपी एण्ड गेष्टहाउसमा छुरा प्रहार गरी एक तलाबाट खसालेको आरोप झा माथि छ । विमलेशको आइतबार बिहान ७ः४५ बजे प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको थियो ।शनिबार राति ९ बजेर ५५ मिनेटमा विमलेश र जुली होटेलभित्र गएको, त्यसको करिब ५ घण्टापछि अर्थात् आइतबार बिहान २ बजेर ५७ मिनेटमा विमलेश नग्न र रक्ताम्य अवस्थामा होटलको पहिलो तलाबाट खसेको र लगत्तै जुली तल ओर्लेर भागेको दृश्य सिसिटीभी क्यामेरामा कैद भएको आधारमा प्रहरीले जुलीलाई आइतबार दिउँसो पक्राउ गरेको थियो ।

प्रकाशित मिति: २०२५-०७-२१ , समय : १४:१३:२९ , 7 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित