राजविराजकाे रंगशालाबाट ठूलो परिणाममा अबैध लागुऔषध सहित प्रसिद्ध कान्छा दाइ पक्राउ
मिति: २०२५-०७-२१ , समय : २०:२६:३६ , गामघर डेस्क
मिति: २०२५-०७-२१ , समय : २०:२६:३६ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न.७ स्थित राजरंगशालाको पाराफिट वाहिर वस्दै आएका एक घरबाट प्रहरीले ठूलो परिणाममा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले राज रंगशाला पाराफिटको पूर्वपट्टि जस्ताले छाएको टहरामा वस्दै आएका ५३ वर्षीय कान्छा दाईले परिचित नारायण बहादुर कार्कीको घरमा खानतलासी गर्दा विभिन्न प्रकारका लागुऔषधहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएका छन् ।
प्रहरीका अनुसार कार्कीको घरबाट क्याट लेखिएको झोलामा तथा औछ्यौनाको तल लुकाईछिपाई राखिएको अवस्थामा स्पास्मो प्रोक्सिभन प्लस क्याप्सुल–३८२ वटा, नाईट्राजेपाम ट्याब्लेट्स आइ.पी– १४९ वटा, नाईट्राभेट–१० – १५४ वटा, बरामद गरिएको छ । त्यस्तै, लागुऔषध गाँजा जस्तो देखिने ७९ पिस पुरिया, जम्मा ३११ ग्राम पनि फेला परेको जनाएको छ ।
बरामद लागुऔषधसँगै विभिन्न कपडामा राखिएको नेपाली २ लाख ५० हजार ५ सय १० रूपैयाँ नगद र भारतीय रूपैयाँ ६ हजार ३ सच ३० रूपैयाँ पनि फेला परेको छ । साथै विभिन्न कम्पनीका १३ थान मोबाइल फोन समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता पक्राउ परेका कार्कीमाथि लागुऔषध सम्बन्धी मुद्दामा जिल्ला अदालत सप्तरीबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०७-२१ , समय : २०:२६:३६ , 10 hours अगाडि