मधेस प्रदेश : निजी कारबाट झण्डै १३३ किलो गाँजा बरामद, झाडीमा गाडी छाडेर भागे चालक

मिति: २०२५-०७-२२ , समय : १२:०६:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको रौतहटको मध्यभाग गरुडास्थित प्रहरीले नेपाली नम्बरको ब्रेजा कारभित्र ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ।ग ३ च ६७९६ नम्बरको ब्रेजा कारभित्र १३३ किलो प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले बताएका छन्।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले क्रेनको मद्दतबाट २० फिट तल खेतमा रहेको उक्त कार माथि ल्याएर खानतलासी गर्दा छुट्टाछुट्टै प्याक गरिएको प्लास्टिकको पोकाभित्र सो परिमाणको गाँजा बरामद गरिएको डिएसपी कार्कीले जानकारी दिए ।
चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको नेपाली नम्बरको उक्त कार आज बिहान इलाका प्रहरी कार्यालय गरुडाको टोलीले रोक्न खोज्दा चालकले तीब्र गतिमा गाडी भगाएका थिए । प्रहरीको टोलीले गाडी पछ्याउँदै जाँदा कार चालकले गरुडा नगरपालिका–५ झाँझ खोला नजिक करिब २० फिट गहिरो खेतमा गाडी झारेर चालक फरार भएको प्रहरीले जनाएको छ ।
डिएसपी राजन कार्कीले झाँझखोलाछेउ खेतको खाल्डोमा गाँजा तस्करले गाडी झारेर उmखुबारी हुँदै भागेको बताएका छन् । प्रहरीले चारैतिरबाट उखु बारी घेरा हालेर सर्च गरे पनि चालक भने फरार हुन सफल भएका छन्।
बरामद कारसहितको गाँजाबारे अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताएका छन् । बरामद नेपाली नम्बरको कारको माध्यमले गाँजाको बास्तविक कारोबारी पक्राउ हुनसक्ने इलाका प्रहरी कार्यालय गरुडाको अनुमान छ । यसबारेमा थप अनुसन्धान भइरहेको कार्कीले बताए ।

प्रकाशित मिति: २०२५-०७-२२ , समय : १२:०६:१६ , 9 hours अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित