परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको भन्दै मविव क्याम्पस राजविराजका विद्यार्थीहरू आन्दोलित
मिति: २०२५-०७-२२ , समय : १२:१५:५३ , गामघर डेस्क
मिति: २०२५-०७-२२ , समय : १२:१५:५३ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसको परीक्षा केन्द्र सिरहाको लहानमा सारिएको भन्दै विद्यार्थीहरू आन्दोलित बनेका छन्। मविव क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा मंगलबार विरोध प्रदर्शनमा विधार्थी आन्दोलीत भएको हो ।
शुरुमा विज्ञान संकायको परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले क्याम्पस प्रशासनमा तालाबन्दी गर्दै विरोध जनाइरहेका थिए। तर त्यसको केही समय नबित्दै एलएलबी र व्यवस्थापन संकायको समेत परीक्षा केन्द्र लहान सारिएपछि विद्यार्थीहरू आक्रोशित बनेका छन्। त्यसको विरोधस्वरूप मंगलबार बिहान विद्यार्थीहरूले क्याम्पस परिसरमा टायर बालेर प्रदर्शनमा उत्रिएका छन्। सप्तरी र सिरहाको मात्र परिक्षा केन्द्र सार्नुमा त्रिवि कार्यालयको बदनियत रहेको स्वतन्त्र विद्यार्थी युनियन मविव क्यामपस राजविराजका सभापति रंजित यादवको आरोप रहेको छ । स्ववियु सभापति यादवका अनुसार राजविराजमा भवन र पूर्वाधार प्रशस्त हुँदाहुँदै परिक्षा केन्द्र सार्नु हाम्रो लागि अपमानजस्तै भएको बताउनुहुदै सप्तरी र सिरहाको मात्रै परिक्षा केन्द्र सारिएकोमा आपक्ति जनाउनु भयो ।उहाँले त्रिवि आंगिक क्याम्पसको सेन्टर निजी क्याम्पसमा दिनु गलत भएकोले ‘यो निर्णय बदनियतपूर्ण र यहाँका विद्यार्थीमाथिको अन्यायपूर्ण व्यवहार भएको बताउनु भयो । उहाँले यदि त्रिविले तुरुन्त निर्णय फिर्ता लिँदैन भने हामी अझ कडा आन्दोलनमा जान बाध्य हुने सञ्चारकर्मीलाई जानकारी दिनु भयो ।
परीक्षा केन्द्र लहान सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले चर्को नाराबाजी गर्दै त्रिभुवन विश्वविद्यालय र सम्बन्धित निकायहरूसँग तत्काल निर्णय फिर्ता लिन माग गरेको छ।उनीहरुले क्यामपसको परिक्षा केन्द्र पुनः क्याम्पसमै कायम नगरे आन्दोलन कायमै राख्ने र समाधान नखोजिए थप कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थीहरूले दिएका छन्। त्रिभुवन विश्वविद्यालयले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार बुधबारदेखि एलएलबी दोस्रो वर्षको परीक्षा हुँदै छ । तर, स्ववियुआबद्ध विद्यार्थी आन्दोलित हँुदा यहाँका परीक्षार्थीमा पनि परीक्षामा सहभागी हुने विषयमा अन्योल देखिएको छ । यहाँ एलएलबी दोस्रो वर्षमा ३ सय विद्यार्थी अध्ययरत छन् ।
प्रकाशित मिति: २०२५-०७-२२ , समय : १२:१५:५३ , 9 hours अगाडि