बीपी कोइरालाको ४३ औं बीपी स्मृति दिवस सप्तरीमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो
मिति: २०२५-०७-२२ , समय : २२:०५:४० , गामघर डेस्क
मिति: २०२५-०७-२२ , समय : २२:०५:४० , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
नेपाली काँग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री स्वर्गीय बीपी कोइरालाको ४३ औं स्मृति दिवस सप्तरीमा समेत विभिन्न कार्यक्रम गरी मनाएका छन् ।
सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं.७ धरमपुर स्थित बीपी. चौकमा आयोजना गरेर बीपी. कोइरालाको जीवन दर्शन र योगदानबारे चर्चा गर्दै वृक्षरोपण गरी मनाएको छ । उक्त कार्यक्रममा नेपाली काँग्रेस मधेश प्रदेशका महामन्त्री पर्शुराम चौधरीले बीपी.को विचार र आदर्श अहिले झन् बढी सान्दर्भिक भएको धारणा राख्नु भयो । लोकतन्त्र, समाजवाद र राष्ट्रियता बीपी. को मूल मन्त्र अपनाउँदै पार्टीलाई एकताबद्ध भएर अगाडि बढ्न सबै नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्नु भयो । सो कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कञ्चनरूप नगरपालिकाका नगर प्रमुख ललन प्रसाद गुप्ताले पार्टीभित्रको असहयोग, अविश्वास र गुटबन्दी कारण “अरुबाट डर छैन, आफ्नै घरबाट डर त्रास रहेको बताउनु भयो । कार्यक्रममा काँग्रेसका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उपस्थिति थियो ।
यस्तै कञ्चनरुप –३ स्थित शङ्कर माध्यमिक विद्यालय, सुव्वाटोलको परिसरमा आयोजना कार्यक्रममा प्रदेशसभा क्षेत्र ’ख’ का सभापति उमेश मिश्रले “बीपी कोइरालाले जुन समाजवादको सपना देखेका थिए, त्यो अझै अपूरो रहेको बताउनुहुदै आजको पुस्ताले उहाँका विचारलाई व्यवहारमा उतार्न सक्छ भने त्यो नै सच्चा श्रद्धाञ्जली हुने बताउनु भयो ।
नगर सभापति कैलाश साहले बीपीको स्मृति दिवसलाई सामाजिक उत्तरदायित्वसँग जोडेर मनाउन वृक्षरोपणका माध्यम रोजिएको बताउनु भयो । यसै गरी नेपाली काँग्रेसका जिल्ला कमिटी सदस्य तथा कञ्चनरूप नगरपालिकाका नगर उप प्रमुख मुना कुमारी पोखरेल धरमपुर स्थित बीपी. चौकमा बीपी. कोइरालाको सालिकमा माल्यार्पण गरेका थिइन ।
यस्तै कार्यक्रममा दुबै पक्षले बीपी. को “राष्ट्रवाद, लोकतन्त्र र समाजवाद” को आदर्शलाई स्मरण गर्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिएका थिए ।
धरमपुर स्थित बीपी. चौकमा जनमत पार्टीका युवा नेता तथा कञ्चनरूप नगरपालिका वडा नं.४ का वडा अध्यक्ष पदका उम्मेदवार तिर्थ नारायण भगत नेतृत्वको समूह नेपाली काँग्रेसमा प्रवेश गरेका छन । बसन्त विश्वास, महिला अगुवा कविता चौधरी, उमा देवी चौधरी र कञ्चनरूप वडा नं. ११ का भोला सदा लगायत विभिन्न राजनीतिक दलबाट नेता तथा कार्यकर्ताहरू काँग्रेसमा प्रवेश भएका छन । नवप्रवेशीहरुलाई नेपाली काँग्रेस मधेश प्रदेशका महासचिव पर्शुराम चौधरी तथा क्षेत्रीय सभापति एवं नगरप्रमुख ललन प्रसाद गुप्ताले संयुक्त रूपमा दोसल्ला ओढाएर र अबिर लगाएर पार्टीमा प्रवेस गराउनु भयो ।
प्रकाशित मिति: २०२५-०७-२२ , समय : २२:०५:४० , 9 hours अगाडि